logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जर जाने प्रस्ताव पारित

    एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जर जाने प्रस्ताव पारित

    2.6K
    SHARES
    एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जर जाने प्रस्ताव पारित

    काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन भएको छ। काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा भएको विशेष साधारणसभामा एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच आपसमा गाभ्ने÷गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित भएको हो।



    सोही सभाले सम्पत्ति दायित्व मूल्यांकन (डीडीएस)कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान–प्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदान–प्रदान अनुपातलगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ। सभाले मर्जरपछि बन्ने संस्थाको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहने प्रस्तावसमेत सर्वसम्मत पारित गरेको छ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार