logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • कामना सेवा विकास बैंक र काठमाण्डौ महानगरबी सार्वजनिक शौचालय सञ्चालनमा सम्झौता

    कामना सेवा विकास बैंक र काठमाण्डौ महानगरबी सार्वजनिक शौचालय सञ्चालनमा सम्झौता

    2K
    SHARES
    कामना सेवा विकास बैंक र काठमाण्डौ महानगरबी सार्वजनिक शौचालय सञ्चालनमा सम्झौता

    काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ महानगरपालिकाभित्र रहेका शाखाहरुमध्ये बैंकका ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने गरी आज काठमाण्डौ महानगरपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।



    नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाण्डौ महानगरको आह्वानअनुरुप कामना सेवा विकास बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो।

    बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत स्वयंले गर्नेछ। कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाण्डौलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्धता जनाएको बताए।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार