logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • ग्याँसमा दुई थरी मूल्य कायम गर्ने निगमको तयारी

    ग्याँसमा दुई थरी मूल्य कायम गर्ने निगमको तयारी

    1.8K
    SHARES
    ग्याँसमा दुई थरी मूल्य कायम गर्ने निगमको तयारी

    काठमाण्डाै । नेपाल आयल निगमले ग्यासको दुई थरी मूल्य कायम गर्ने तयारी थालेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्याँसको दुई थरी मूल्य कायम गर्ने तयारी भइरहेको बताउँदै त्यसको लागि एक समिति समेत गठन भएको जानकारी दिए ।



    निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोेलमा २१ रुपैयाँ मूल्य बढाए १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएर १९२ रुपैयाँ पु¥याएको थियो । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्य वृद्धि अनुरुप नै नेपालमा मूल्य वृद्धि गर्नु परेको प्रष्टिकरण दिँदै थानीले अहिले सबैभन्दा धेरै घाटा ग्याँसमा व्यहोर्नुपरेको बताए । निगम अनुसार एक सिलिन्डर ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको छ । निगमले अहिले प्रति सिलिन्डर १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ ।

    गरिब घर परिवारलाई सस्तो र धनी परिवारलाई महँगो (सम्भवत परल मूल्यमा) ग्यास बेच्ने गरी मूल्य कायम गर्ने तयारी गरिएको छ। यसकै लागि नापतौल विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ।

    पूर्वाधार कर समायोजन गरेको रकम अर्थ मन्त्रालयसँग शोधभर्ना लिने निगमले जनाएको छ। ४५ दिनको प्रतिलिटर १० रुपैयाँ शोधभर्ना गर्ने तयारी निगमको छ। आयल निगमले करिब २ हप्ता अगाडि अर्थ मन्त्रालयको निर्देशनमा पेट्रोलियम पदार्थमा लाग्दै आएको प्रति लिटर १० रुपैयाँ पूर्वाधार कर कटौती गर्न निर्देशन दिएको थियो । सोही बमोजिम निगमनले पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैयाँ मूल्य सस्तो बनाएको थियो तर १ हप्ता पनि नबित्दै निगले फेरि मूल्य वृद्धि गरेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार