logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • स्मार्ट डिभाईस ओप्पो ब्यान्ड सार्वजनिक

    स्मार्ट डिभाईस ओप्पो ब्यान्ड सार्वजनिक

    2K
    SHARES
    स्मार्ट डिभाईस ओप्पो ब्यान्ड सार्वजनिक

    काठमाण्डौ । मोबाईल फोनका साथ, ओप्पोले विभिन्न वायरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको छ । ओप्पो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्शन प्रदान गर्छ । जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन एपीओटूको निगरानी गर्छ ।



    ओप्पो ब्यान्डले १२ वर्कआउट मोडहरू र अन्य सुविधाजनक प्रकार्यहरू पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । जुन सक्रिय, व्यस्त जीवनशैलीका लागि उपयुक्त हुने दाबी छ । डिजाइनको कुरा गर्दा, ओप्पो ब्यान्डलेओप्पो एस्थेटिकलाईजारी राखी १.१ इन्चफुलकलरअमोल्ड स्क्रिनको साथ उपलब्ध छ ।

    आजकल, निद्रा नलाग्ने समस्या मध्यम–उमेर वा वृद्धहरूका लागि मात्र नभएर युवायुवतीहरुमा पनि छ । यसका मुख्यकारणहरु तनाव, व्यस्त जीवनशैली नै हो । ओप्पो ब्यान्डको हेल्थ मनिटरिङ फङ्क्सनले विशेषत निद्राको समस्या पत्ता लगाउन सहयोग गर्ने बताइएको छ । यसले सही निद्रा निगरानी हर्ट रेट निरन्तर एपीओटू अनुगमन गर्छ । यसको प्रयोगकर्ताको निद्रा समस्याकोे चौतर्फी रेकर्ड र विश्लेषण प्रदान गर्ने बताइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ असार २०७९
  • सम्बन्धित समाचार