logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग

    सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग

    1.9K
    SHARES
    सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएशनले सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको हो ।



    नाडाले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको जनाएको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष धुव्र थापाले सरकारले देशको विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै रोकेको सवारी आयात तत्काल खुलाउन माग गरे । उनले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो असार मसान्तसम्मको लागि लगाइएको प्रतिबन्ध अविलम्ब फुकुवा हुनुपर्ने माग राखे ।

    बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको कुरा अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले प्रतिबन्ध लगाउँदा देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्याएको अटोमोवाइल क्षेत्रमा खबौंको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने समेत बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ असार २०७९
  • सम्बन्धित समाचार