logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • आजबाट न्यादी हाइड्रोपावरको ‘लक इन’ सकिने

    आजबाट न्यादी हाइड्रोपावरको ‘लक इन’ सकिने

    1.7K
    SHARES
    आजबाट न्यादी हाइड्रोपावरको ‘लक इन’ सकिने

    काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको ‘लक इन’ आज (कात्तिक ४ गते) बाट सकिँदैछ ।



    कम्पनीको संस्थापक शेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनी कर्मचारीतर्फको ३ लाख कित्ता, कर्मचारीतर्फको ४५ हजार कित्ता, आयोजना अति प्रभावित स्थानीय बासिन्दातर्फको ५ लाख कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १० लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता शेयर ‘लक इन’ मा रहेको छ ।

    कम्पनीले २०७८ भदौ १ देखि १५ गतेसम्म स्थानीय बासिन्दा तथा संस्थापक कर्मचारीहरूमा र २०७८ असोज १५ देखि १९ गतेसम्म सर्वसाधारण ९कर्मचारी समेत० मा आईपीओ निष्काशन तथा बिक्री खुला गरी २०७८ कात्तिक ५ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म शेयर ‘लक इन’ मा राख्नुपर्ने प्रावधान छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट