logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

    विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

    1K
    SHARES
    विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

    काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो ।



    कम्पनीले यसअघि केही संस्थापकहरूको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तोकिएको म्यादसम्म आंशिक मात्र आवेदन परेपछि बाँकी रहेको उक्त शेयर अब आम सर्वसाधारणमा बिक्री गर्न पुनः बिक्री खुला गरेको जनाएको छ ।

    सो शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काभ्रेपलाञ्चोकको साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट