logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा

    871
    SHARES
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    कम्पनीको संस्थापक समूहको १ लाख ६२ हजार ९५० कित्ता शेयर लिलामी प्रक्रियामार्फत आजबाट बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापकका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिँदा लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ।

    इच्छुक लगानीकर्ताले काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ९ गतेसम्म तोकिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट