logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बजाजले ल्यायो मोटरसाइकल साटा-साट योजना

    बजाजले ल्यायो मोटरसाइकल साटा-साट योजना

    1.2K
    SHARES
    बजाजले ल्यायो मोटरसाइकल साटा-साट योजना

    काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ। यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिन्छ।



     

    हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं। साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरू अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ।’

     

    भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीको भनाई छ। यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट