काठमाण्डौ । वायुसेवा सञ्चालक संघ नेपालले सरकारले डिजेल र पेट्रोलको मूल्य घटाए पनि आन्तरिक र बाह्यतर्फ नघटाएकोमा ध्यानाकर्षण जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै हवाइ इन्धनको मूल्य नघटाएकोमा असन्तुष्टि व्यक्त गरेको हो। संघले पहिलेदेखि नै हवाइ इन्धनको मूल्य समायोजना गर्न माग गर्दै आएको प्रवक्ता योगराज कंडेल शर्माले बताए।
उनका अनुसार संघले नेपाल आयल निगमले १० रुपैयाँ प्रतिलिटरभन्दा बढी मुनाफा नहुने गरी हवाइ इन्धनको मूल्य समायोजन हुनुपर्ने माग गर्दै आएको छ।

अर्थ चाैतारी ।