logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • महिन्द्राको नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक, बजारमा आउन समय लाग्ने

    महिन्द्राको नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक, बजारमा आउन समय लाग्ने

    2K
    SHARES
    महिन्द्राको नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक, बजारमा आउन समय लाग्ने

    काठमाण्डौ । महिन्द्राले आफ्नो लोगो परिवर्तन गरेको छ। महिन्द्राले नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक गरेको छ।



    एसयुभी डिजाइन रहेको डिजेल र पेट्रोल इन्जिनमा नयाँ स्कर्पियो सार्वजनिक गरेको छ। अटोमेटिक र म्यानुअल ड्राइभमा रहेको छ। कम्पनीले नयाँ गाडीको मुल्य भने सार्वजनिक गरेको छैन। अग्नि ग्रुपका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अहिले नेपालमा गाडी सार्वजनिक गरेपनि बुकिङ तत्काल नखुल्ने बताए। उनले गाडीको मूल्य कति हुने केही समयपछि मात्रै थाहा हुने जानकारी दिए।

    उनले अहिलेको स्कोर्पियो भन्दा लुक्स देखि पावर सबै फरक रहेको बताए। प्रबन्ध निर्देशक श्रेष्ठले २० वर्षअघि स्कोर्पियो नेपालमा ल्याएको ल्याएको बताउँदै सुरूमा विक्री अप्ठारो भएपनि संविधानसभापछि स्कर्पियोको विक्री ह्वात्तै बढेको बताए। श्रेष्ठले अहिले स्कर्पियो नेपालका हरेक ठाउँमा पुगेको बताएका छन्। उनले नेपालमा ८० भन्दा बढी सर्भिस सेन्टर रहेको बताएका छन्।

    नेपालमा महिन्द्राले ३० वर्षमा ७५ हजार बढी ग्राहक बनाएको बताएको छ। भारतपछि नेपालमा सबै भन्दा बढी स्कर्पियो बिक्री हुने महिन्द्राले जानकारी गराएको छ। फक्सवागनसँगको सहकार्यमा अगस्टमा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दै छ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट