logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • एससीटी र गरिमा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा सहकार्य गर्ने सम्झौता

    एससीटी र गरिमा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा सहकार्य गर्ने सम्झौता

    1.9K
    SHARES
    एससीटी र गरिमा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा सहकार्य गर्ने सम्झौता

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रियस्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता सम्पन्न भएको छ।



    एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील एससीटी र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवासुविधा पुर्याउँदै आएको मुलुकको बैंकिङ क्षेत्रको अग्रणी गरिमा विकास बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

    यस सम्झौतापश्चात एससीटी र गरिमा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ। बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ। यसका साथै एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ।

     


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट