logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • प्रभु इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, मर्जरमा जाने मुख्य अजेन्डा

    प्रभु इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, मर्जरमा जाने मुख्य अजेन्डा

    2.1K
    SHARES
    प्रभु इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, मर्जरमा जाने मुख्य अजेन्डा

    काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो।



    सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय (प्रभु कम्प्लेक्स) मा बहान ११ बजेबाट सुरु हुनेछ। सभाले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रक्रिया अगाडि बढाउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभा प्रयोजनका लागि कम्पनीले यही असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट