logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

    बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

    1.6K
    SHARES
    बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने भएको छ।



    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मंगलबारको मन्त्रिपरिषद्को बैठकले पास गरेको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको जानकारी दिइन्। २०७७ चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार बुढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो।

    चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी भएको निर्णयअनुसार काम हुन नसकेपछि स्वदेशी लगानीमा अघि बढाउने गरी निर्णय भएको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट