logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • सेञ्चुरी बैंकको १८ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

    सेञ्चुरी बैंकको १८ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

    1.7K
    SHARES
    सेञ्चुरी बैंकको १८ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज (असार १५ गते) अन्तिम दिन रहेको छ।



    बैंकले गत असार ८ गतेदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

    यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै अन्य इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ।

    लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट