logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

    महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

    2.4K
    SHARES
    महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिका-६, नगरकोट, वेशीटोलमा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरेको छ ।



    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत खानेपानीको धारा निर्माण गरेको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले विद्यालयमा रहेका बालबालिकालाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले प्रदेश १ मा ५, बागमती प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी १०३ वटा शाखा मार्फत करिब ६ लाख ग्राहकलाई वित्तिय सेवा प्रदान गर्दै आएको जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट