logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • डिप्रोक्स लघुवित्तका अध्यक्षमा खनालले लिए सपथ

    डिप्रोक्स लघुवित्तका अध्यक्षमा खनालले लिए सपथ

    897
    SHARES
    डिप्रोक्स लघुवित्तका अध्यक्षमा खनालले लिए सपथ

    काठमाण्डाै । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा दीपक खनाल चयन भएका छन् । पौष २६ गते चितवनको सौराहामा सम्पन्न सभाले खनाललाई सञ्चालक समितिका अध्यक्षमा चयन गरेको हो ।



     

    खनालले सोमबार राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख गुरु पौडेलले खनाललाई पद तथा गोपनियताको सपथ खुजाएका हुन् । त्यस्तै साधारण सभाले साधारण सभाले संस्थापक तर्फका थप दई जना सञ्चालकहरूको निर्विरोध चयन गरेको छ। कृषि विकास बैंकको तर्फबाट हिमलाल पौडेल, डिप्रोक्स–नेपालको तर्फबाट कैलाश रिजाल निर्विरोध निर्वाचित भएका हुन्। खनाल भने लुम्बिनी विकास बैंकको तर्फबाट संस्थापकमा संचालक हुन् ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनलाई अनुमोदन गर्नुका साथै शेयरधनीलाई ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयसँगै संस्थाको चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार पुगेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ माघ २०८१
  • सम्बन्धित समाचार