logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    884
    SHARES
    फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।



    शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौं बालुवाटरस्थित कार्यालयमा निवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएकोले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ माघ २०८१
  • सम्बन्धित समाचार