logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • एमाले नेता माओवादीप्रति यति असहिष्णु किन : विष्णु रिजाल

    एमाले नेता माओवादीप्रति यति असहिष्णु किन : विष्णु रिजाल

    • GP Paudel
    • शनिबार, १३ मंसिर २०७७
    3.5K
    SHARES
    एमाले नेता माओवादीप्रति यति असहिष्णु किन : विष्णु रिजाल

    नेपाल ज्योति-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले हिजो माओवादीसँग एकता भएकै कारण एमालेका जजसले लाभ लिए, आज उनीहरू नै उसप्रति असहिष्णु भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।



    शनिबार सामाजिक सञ्जालमार्फत नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुखसमेत रहेका रिजालले माओवादीसँग एकता नभएको भए आज तत्कालीन एमालेका नेताको हैसियत के हुन्थ्यो भनेर विचार गर्न चेतावनी दिएका हुन्।

    ‘माओवादीसँग एकता भएकै कारण एमालेका जो-जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहाँहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन,’ रिजालले ट्विटरमा लेखेका छन्, ‘०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा ककसले हारे/जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।’


    GP Paudel
  • शनिबार, १३ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट