logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • पर्वतको कुश्मामा अग्लो स्विङ र दोस्रो अग्लो बन्जी

    पर्वतको कुश्मामा अग्लो स्विङ र दोस्रो अग्लो बन्जी

    • GP Paudel
    • शुक्रबार, ५ मंसिर २०७७
    2.4K
    SHARES
    पर्वतको कुश्मामा अग्लो स्विङ र दोस्रो अग्लो बन्जी

    नेपाल ज्योति-पर्वत सदरमुकाम नजिकै भएर बग्छन् कालीगण्डकी र मोदी । यी दुई नदीको संगम हो मोदीबेनी। जुन हिन्दुहरुको पवित्र तीर्थस्थल पनि हो। दुई नदीले बनाएका खोंच पार गर्न घन्टौं समय लाग्थ्यो। बजारबाट तल नदीको किनारमा ओर्लियो। भए पुल, नभएर आफै नदी तरेर फेरि उकालो लाग्नुपथ्र्यो।

    यहि समस्यालाई सम्बोधन गर्यो कुश्मा र ज्ञादी जोड्ने झोलुंगे पुलले। यो पुल आफैमा लामो त छँदैथियो। नदी सतहबाट बनेको नेपालकै अग्लो पुलका रुपमा पनि यसले परिचय बनायो। स्थानीयलाई आउजाउ गर्न सहज भएको यो पुल स्वदेशी र विदेशी पर्यटकका लागि समेत आकर्षणको थलो बन्यो।

    त्यसपछि कालीगण्डकी नदीमाथि यस्तै पुल बन्यो पर्वत र बागलुङ जोड्ने गरी। यसले पहिलो पुलको उचाइको रेकर्ड तोड्यो। अहिले फेरि पर्वतमा अर्को पहिचान थपिएको छ बन्जी रस्विङ। द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ सञ्चालन थालेको छ ।

    स्काइ साइक्लिङ पनि गराउने लक्ष्य राखेको कम्पनीले यही कात्तिक १५ गतेबाट औपचारिक रुपमा साहसिक खेल सञ्चालन गर्ने भएको हो।
    २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। यसअघि पुलसँंगै रिसोर्टको निर्माण ०७६ अन्तिममा सकिएको थियो। लकडाउनले सञ्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए।

    ५२५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङ (पिङ) का लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोलादेखि पुलको उचाइ २२८ मिटर अर्थात ७४८ फिट छ ।

    हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्यान्डको भरजस्का बाँधमाथि ७२० फिट उचाईमा छ। द क्लिफ प्रालिको यो परियोजना पछि स्वीटरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज गर्ने दाबी अध्यक्ष कार्कीको छ । बन्जी र स्विङ दुवैका लागि हाल ७ हजार रुपैयाँ तोकिएको छ। टेन्डम (जोडी) बन्जीको १२ हजार लाग्ने छ।


    GP Paudel
  • शुक्रबार, ५ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved