logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आर्थिक वर्षको ११ महिनामा रु २५ अर्ब ५५ करोड बढीका विद्युतीय सवारी आयात

    आर्थिक वर्षको ११ महिनामा रु २५ अर्ब ५५ करोड बढीका विद्युतीय सवारी आयात

    26
    SHARES
    आर्थिक वर्षको ११ महिनामा रु २५ अर्ब ५५ करोड बढीका विद्युतीय सवारी आयात

    काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।



    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

    उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट