logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • फेरी पनि निर्दोष बालिकाको बलात्कार पछि हत्या

    फेरी पनि निर्दोष बालिकाको बलात्कार पछि हत्या

    • GP Paudel
    • मंगलबार, ९ मंसिर २०७७
    4.9K
    SHARES
    फेरी पनि निर्दोष बालिकाको बलात्कार पछि हत्या

    नेपाल ज्योति-महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिएका छन।



    हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो।

    हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताएका छन । उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्।

     


    GP Paudel
  • मंगलबार, ९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट