logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता

    स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता

    377
    SHARES
    स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता

    काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।



    खेलमा ब्राजिलले सुरुदेखि नै बल नियन्त्रण गर्दै स्कटल्याण्डमाथि दबाब बनाएको थियो । भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पहिलो हाफको अन्त्य हुनुअघि अर्को गोल थपी अग्रता दोब्बर बनाए ।

    म्याथ्युस कुन्हाले ६० औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । समूह चरणका तीनै खेलमा गोल गरेका भिनिसियसले प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्याएका छन् ।

    यससँगै उनी फ्रान्सका किलियन एमबाप्पेसँग बराबरीमा पुगेका छन् । प्रतियोगितामा अर्जेन्टिनाका लिओनल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन् ।

    यस जितसँगै ब्राजिलले समूह चरण अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गर्यो । तीन खेलबाट सात अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट