काठमाण्डौ । फिफा विश्वकप- २०२६ अन्तर्गत अहिले जारी समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाले १-० गोलको अग्रता कायम गरेको छ।
पहिलो हाफमा दुवै टोलीले गोलको खाता खोलेका थिएनन्। तर दोस्रो हाफको ८३ मिनेटको खेल जारी रहँदा दक्षिण अफ्रिकाले अग्रता बनाएको हो।
यो समूहबाट दक्षिण कोरिया ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका भने १ अंकमा छ।
अर्थ चाैतारी ।