logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • नेपालले ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने

    नेपालले ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने

    • GP Paudel
    • आइतबार, २१ मंसिर २०७७
    2.8K
    SHARES
    नेपालले ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने

    नेपाल ज्योति- नेपालले कोभ्याक्स सुविधाबाट ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने भएको छ।



    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी), सेपी (द कोलिसन अफ इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स)ले संयुक्त रुपमा कोभ्याक्स सुविधा निर्माण गरेका हुन्।

    कोरोना भाइरसविरुद्धको खोप निर्माणपछि त्यसमा सबै देशको समान पहुँच होस् भन्ने उद्देश्यसहित सो संयन्त्र गठन गरिएको हो।

    ‘कोभ्याक्सले नेपाली जनसंख्याको २० प्रतिशतलाई खोप दिने भनेको थियो। त्यो भनेको ६० लाख हुन्छ,’ स्वास्थ्य मन्त्रालयको कोभिड खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले भने, ‘त्यो बराबरको खोप उसले हामीलाई निःशुल्क उपलब्ध गराउने भएको छ।’


    GP Paudel
  • आइतबार, २१ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट