logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • सम्झना टोल सुधार समिति र लायन्सले गर्यो ईमाडोलमा सरसफाई कार्यकम

    सम्झना टोल सुधार समिति र लायन्सले गर्यो ईमाडोलमा सरसफाई कार्यकम

    • GP Paudel
    • शनिबार, २७ मंसिर २०७७
    4.3K
    SHARES
    सम्झना टोल सुधार समिति र लायन्सले गर्यो ईमाडोलमा सरसफाई कार्यकम

    ललितपुर-ललितपुरको महालक्ष्मी नगरपालिका वार्ड नम्बर १ इमाडोल स्थित सम्झना टोल साथै आसपासको क्षेत्रमा सम्झना टोल सुधार समिती र लायन्स क्लब अफ काठमाडौं महिमा को संयुक्त आयोजनामा टोल सरसफाइ कार्यक्रम गरिएको छ।
    सम्पुर्ण टोल बासीहरु सहितको उपस्थितिमा टोलका सबै गल्लि गल्लीमा सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो। कोरोना कहरको बेलामा पनि स्वास्थ्यका सबै मापदण्डहरुलाई अपनाउदै सरसफाइ कार्यक्रम गरिएको हो।
    बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सम्झना टोल सुधार समितीले समय-समयमा टोलबासीलाई उपयोगी हुने खालका कार्यक्रम गर्दै पनि आएको छ। आगामी दिनमा पनि बिभिन्न सामाजिक काम सहित नियमित टोल सरसफाई गरिने सम्झना टोल सुधार समितीका सचिब दाताराम कार्कीले बताउनु भएको छ।

    सरसफाई कार्यक्रमका तस्बिरहरु-


    GP Paudel
  • शनिबार, २७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट