logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्वारा अस्वीकार

    आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्वारा अस्वीकार

    • GP Paudel
    • शनिबार, ४ पुष २०७७
    2.9K
    SHARES
    आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्वारा अस्वीकार

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार बिहान प्रचण्ड निवासमै पुगेर सचिवालय बैठकमा पेश गरेको लिखित ‘आरोप पत्र’ फिर्ता लिन आग्रह गरेका हुन् । जवाफमा अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

    स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दुई अध्यक्षबीच छलफल भएको हो । खुमलटारमा दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । ओली र गौतम प्रचण्डनिवासबाट बाहिरिएलगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

    पछिल्लो समय ओली प्रचण्डबीच लिखित प्रस्तावको दोहोरी चलिरहेका बेला ओलीले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।


    GP Paudel
  • शनिबार, ४ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट