logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेप्सेमा लगातार गिरावट, कारोबार रकम ४ अर्ब ४१ करोड

    नेप्सेमा लगातार गिरावट, कारोबार रकम ४ अर्ब ४१ करोड

    299
    SHARES
    नेप्सेमा लगातार गिरावट, कारोबार रकम ४ अर्ब ४१ करोड

    काठमाण्डौ । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ४५ अंकले घटेर २,६६० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ । हिजो पनि नेप्से २६ अंकले घटेको थियो ।



    आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्सको १७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै टक्सार पिखुवाखोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । याम्बालिङ हाइड्रोका लगानकिर्ताले पनि १५ प्रतिशतका दरले कमाएका छन् । भुजुङ हाइड्रोका लगानीकर्ताले १४ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, १० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट