logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

    टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

    208
    SHARES
    टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

    काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ ।



    काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको हो ।

    रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गरेको हो । यदि कुनै व्यक्तिको कार्यले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा गम्भीर धक्का लाग्छ वा मित्रराष्ट्रहरूसँगको सम्बन्ध बिग्रिन्छ भने त्यसलाई राज्यविरुद्धको अपराध मानिन्छ ।

    नेपालीलाई नक्कली शरणार्थी बनाउँदा संयुक्त राष्ट्र सङ्घ र तेस्रो मुलुकहरूसँग नेपालको विश्वसनीयता गुमेको र नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको अदालतको ठहर छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट