काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा आस्था भट्ट नियुक्त भएकी छिन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भट्टलाई सञ्चालक नियुक्त गरेका हुन्। सरकारले अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सहसचिव सुमन दाहाललाई पठाउने निर्णय गरिसकेको छ। दाहाल नै बैंक सञ्चालक समितिको अध्यक्ष बन्ने भएका छन्।
भट्टले भने सोमबार नै राष्ट्रिय वाणिज्य बैंक पुगेर जिम्मेवारी सम्हालेकी छिन्।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त भएकी भट्ट इन्सिच्युड अफ इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) की कार्यक्रम विशेषज्ञ हुन्। अर्थमन्त्री बन्नु अघिसम्म स्वर्णिम वाग्ले सोही संस्थामा चेयरम्यान एमिरेटस् थिए।
अर्थ चाैतारी ।