logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • १९ वटा जीवन बीमा कम्पनीको बीमाशुल्क ईसेवाबाटै भुक्तानी गर्ने सकिने

    १९ वटा जीवन बीमा कम्पनीको बीमाशुल्क ईसेवाबाटै भुक्तानी गर्ने सकिने

    3.9K
    SHARES
    १९ वटा जीवन बीमा कम्पनीको बीमाशुल्क ईसेवाबाटै भुक्तानी गर्ने सकिने

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायकहरुमध्ये अग्रणी मानिएको निजी क्षेत्रको ईसेवा वालेटमा जीवन र निर्जीवन बीमकसहित ३३ वटा बीमा कम्पनी आवद्ध भएका छन् । ईसेवाका अनुसार संचालनमा रहेका सबै १९ वटा जीवन बीमा कम्पनी र कूल २० वटा निर्जीवन बीमकमध्ये १४ वटा निर्जीवन बीमकको बीमाशुल्क भुक्तानी गर्ने सुविधा समेत ईसेवामा उपलब्ध छ ।



    नविकरण बीमाशुल्क ईसेवामार्फत् २४ सै घण्टा जहाँसुकैबाट सहजै भुक्तानी गर्न संभव छ । केही जीवन बीमकको प्रथम बीमाशुल्क र बीमालेख कर्जाको साँवा तथा ब्याज समेत ईसवामार्फत् भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ । जीवन बीमालेख र निर्जीवन बीमालेखको नविकरण बीमाशुल्क संकलनको लागी ईसेवा प्रभावकारी माध्यम बनेको छ । अझ जीवन बीमा कम्पनीहरुले नयाँ बीमालेखको बिक्रीभन्दा नविकरण बीमाशुल्कबाट मनग्ये आम्दानी हुने भएको हुँदा नविकरण बीमाशुल्कको संकलनमा डिजिटल माध्यमलाई भरपुर प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

    अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभावमा तरलता अभाव चुलिएको बेला प्रथम बीमाशुल्क आर्जनमा नकारात्मक प्रभाव परेको छ । त्यसैले विशेषगरी पुराना जीवन बीमकहरु बीमितलाई सक्दो सुविधा दिएर नविकरण बीमाशुल्क आर्जनलाई डिजिटल माध्यममार्फत् संकलन गर्न प्रयत्नरत छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २१ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट