logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • प्रदेश २ को नाम ‘मधेस’ प्रदेश र स्थायी राजधानी जनकपुरधाम

    प्रदेश २ को नाम ‘मधेस’ प्रदेश र स्थायी राजधानी जनकपुरधाम

    7.2K
    SHARES
    प्रदेश २ को नाम ‘मधेस’ प्रदेश र स्थायी राजधानी जनकपुरधाम

    काठमाडौं । प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेको छ । सोमबार पहिलो बैठकले राजधानी टुङ्गो लगाए सँगै दोस्रो नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।

    संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो । सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे । प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेस भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ३ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट