logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • फुकोट कर्णाली जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर दिने

    फुकोट कर्णाली जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर दिने

    3K
    SHARES
    फुकोट कर्णाली जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर दिने

    कालिकोट । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। आयोजनाले मंगलबार सार्वजनिक सुनवाइका क्रममा उक्त घोषणा गरेको हो।



    रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए। आयोजना निर्माण गर्न ९२ अर्ब रुपैयाँ खर्च हुने आयोजनाका विज्ञ शिवशंकर कार्कीले जानकारी दिए। सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ। ‘आयोजनाबारे अध्ययनको काम सकिएको छैन,’ उनले भने। आवास निर्माणको काम भने थालिएको छ। जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ।

    बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ। आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन्। आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए।


    अर्थ चाैतारी
  • बुधबार, ५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट