logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने चेतावनी, मूल्य समायोजनको प्रक्रिया अघि बढाइयो

    अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने चेतावनी, मूल्य समायोजनको प्रक्रिया अघि बढाइयो

    234
    SHARES
    अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने चेतावनी, मूल्य समायोजनको प्रक्रिया अघि बढाइयो

    काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले पश्चिम एसियामा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। महासंघले निर्माण उद्योग ठप्प हुने अवस्था सिर्जना भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।



    बुधबार महासंघका महासचिव शिवहरि घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार डिजेल, पेट्रोल, मट्टितेल, बिटुमिन लगायत निर्माण क्षेत्रमा व्यापक प्रयोग हुने इन्धन तथा सामग्रीमा पटक–पटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य प्रभावित भएको छ। लागत अत्यधिक बढेपछि धेरै निर्माण आयोजनाहरू प्रभावित हुने तथा काम रोकिने जोखिम बढेको महासंघले जनाएको छ।

    यस सम्बन्धमा महासंघले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, नेपाल सरकारका सचिवहरू तथा अन्य सरोकारवालाहरूसँग पटक–पटक छलफल गरेको जनाएको छ। उक्त छलफलमा मूल्य समायोजनको विषयलाई कार्यान्वयन प्रक्रियामा लगिएको र मूल्यवृद्धिको अवधिमा भएका निर्माण कार्यहरूको लागत समायोजन गर्ने विषयमा मन्त्रिपरिषदबाट यथाशीघ्र निर्णय गरिने प्रतिबद्धता प्राप्त भएको महासंघले जनाएको छ।

    महासंघले इन्धन तथा निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धिलाई ध्यानमा राख्दै बोलपत्र दाखिला तथा सम्झौता गर्दा मूल्य समायोजनको प्रावधान अनिवार्य रूपमा समावेश गर्न सबै सदस्यहरूलाई अनुरोध गरेको छ।

    महासंघले समयमै उचित निर्णय नभए निर्माण उद्योग गम्भीर संकटमा पर्ने र विकास निर्माण कार्यहरू प्रभावित हुने चेतावनी समेत दिएको छ।

    670603829_1271208211786489_460030942794088434_n


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट