काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से बिहीबार १४.६० अंकले घटको छ । आइतबार १०५ अंकले बढेको सेयर बजार परिसूचक सोमबार भने १३ अंकले घटेको थियो । त्यस्तै मंगलबारको कारोबारमा १९ बढेको बजार बुधबार भने सरकारले सार्वजनिक बिदा दिएकाले बजार बन्द थियो ।
बिहीबारको कारोबारमा सेयर बजार २८९१ कारोबार सुरुवात भएकोमा बन्द हुने समयमा परिसूचक बिन्दू २ कजार ८७६.७५ परिसूचक १४.६० अंक अर्थात ०.५० प्रतिशतले घटेको छ। आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.२६ अंक अर्थात ०.६० प्रतिशतले घटेर ५३९.६४ अंकमा पुगेको छ ।
बिहीबार बजार घटेता पनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा २२४ कम्पनीको ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रूपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर १ लाख ८ हजार ३ सय ६५ पटक खरिद बिक्री भएको छ । बजारमा घट्दापनि आज कारोबार भएका कम्पनीहरूमध्ये ४५ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ३७ कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार बढ्दा विन नेपाल लघुवित्त वित्तिय संस्था, साहास ऊर्जा लिमिटेड, अरूण भ्याली हाइड्रो पावर, बुद्धभूमि नेपाल हाइड्रो पावर तथा मैलुङ खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् । mआजको कारोबारमा समूहगत परिसूचकतर्फ जलविद्युतसमूह ०.१९ प्रतिशत तथा निर्जिवन बीमा समूह ०.०९ प्रतिशतले बढ्दा अन्य समूह भने घटेका छन् । आज गुमाउने पाँच कम्पनीमा आरएमडीसी लघुवित्त वित्तिय संस्था, पोखरा फाइनान्स लिमिटेड, गुर्खाज फाइनान्स लिमिटेड, एनएबि हाइब्रिड फण्ड तथा लुम्बिनी जनरल इन्सोरेन्स रहेका छन् । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था कम्पनीको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times