logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • वाणिज्य बैंकले लम्कीचुहाका कर्मचारीलाई विना धितो १५ लाख ऋण दिने

    वाणिज्य बैंकले लम्कीचुहाका कर्मचारीलाई विना धितो १५ लाख ऋण दिने

    9.5K
    SHARES
    वाणिज्य बैंकले लम्कीचुहाका कर्मचारीलाई विना धितो १५ लाख ऋण दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक मार्फत लम्कीचुहाका नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले बिना धितो १५ लाख रुपैयाँ सम्म पाउने भएका छन् । बैंकले नगरपालिकामा कार्यरत स्थायी कर्मचारीलाई ८.१४ प्रतिशतको ब्याज दरमा पाँच वर्षका लागि विना धितो १५ लाख रुपैयाँ सम्म ऋण प्रवाह गर्नेछ ।

    बिहिबार लम्कीचुहा नगरपालिकाकामा भएको एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रबन्धक राजेश कुमार अग्रवाल र लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले बैंककाे न्युन ब्याजदरमा बिना धितोमा कर्जा पाए पछि कर्मचारीहरुलाई थप आर्थिक सहायत हुने बताएका छन् । उनले भने ‘कर्मचारीहरुलाई तलब भत्ताले मात्र आर्थिक आवश्यकता पूर्तिका लागि समस्या छ । बिना धितोमा र न्युन ब्याज दरमा बैंकले ऋण दिने भएपछि नगरपालिकामा कार्यरत कर्मचारीहरु हर्षित भएका छौं।’

    त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका उप-प्रबन्धक दीर्घ राज ओझाले नगरपालिकाका कर्मचारीहरुलाई आफ्ना आवश्यकताका परिपूर्तिका साथै सम्मानपूर्वक जीवनयापन गर्नमा उल्लेख्य योग्दान पुग्ने विश्वास बैकले लिएको बताएका छन् । उनले भने, जसरी आज आज हामी र नगरपालिकाबीच सम्झौता भएको छ । अब उहाँहरुलाई चाडै सुदुरपश्चिम प्रदेशमा रहेकाे नजिकैको शाखा मार्फत बिना धितो  ८.१४ प्रतिशतको ब्याज दरमा पाँच वर्षकालागि ऋण पउनुहुनेछ । नगरपालिका संग भएकाे सम्झौता कार्यान्वयनका लागि प्रदेश कार्यालय मातहतका शाखाहरुलाई छिट्टै निर्देशन गर्छौं।’

     

     


    अर्थ चाैतारी
  • बिहिबार, २७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved