logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • इमर्जिङ नेपालको आईपीओमा मागभन्दा ५४ गुणा बढी आवेदन

    इमर्जिङ नेपालको आईपीओमा मागभन्दा ५४ गुणा बढी आवेदन

    7.2K
    SHARES
    इमर्जिङ नेपालको आईपीओमा मागभन्दा ५४ गुणा बढी आवेदन

    काठमाडौं । गत बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ नेपाल लिमिटेडको आईपीओमा मागभन्दा करीब ५४ गुणा बढी आवेदन परेको छ।



    कम्पनीको आईपीओ खरीदका लागि आइतवार साँझ सवा ५ बजेसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता सेयर खरीदको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो।

    कम्पनीले प्रतिसेयर रू। १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो। कुल कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ।

    बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो। यो सेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट