logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • सेयर बजारमा झिनो सुधार, ३ अर्ब ६८ करोडको कारोबार

    सेयर बजारमा झिनो सुधार, ३ अर्ब ६८ करोडको कारोबार

    7.9K
    SHARES
    सेयर बजारमा झिनो सुधार, ३ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ। बजार आज ०.०८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७००.९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ५११.३० को विन्दुमा झरेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। एउटा समूह चाहिँ स्थिर रहेको छ।



    यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६१ प्रतिशतले उकालो लागेको छ। विकास बैंक तथा जीवन बीमा समूह समान ०.३५ प्रतिशतले बढेको आज वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.१७ प्रतिशत र लघुवित्त समूहमा ०.२६ प्रतिशतको बढोत्तरी भएको छ। आज व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ। आज लगानी समूह स्थिर रहेको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ५४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १७ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १५ करोड २३ लाख रुपैयाँ, अपी पावरको ११ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ४८ लाख रुपैयाँ, निफ्राको ११ करोड १० लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ५१ लाख रुपैयाँ, अप्पर तामाकोशीको ९ करोड ३३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कमपनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved