logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

    निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

    10K
    SHARES
    निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

    काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमईसी) बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।



    निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै निफ्राको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारी, एसएमईसीका पदाधिकारीहरुसहित पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय लामाको उपस्थिति थियो।

    समझदारीपत्रअनुसार सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्रास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषणसम्बन्धी कार्यहरुमा सहकार्य गर्नेछ। निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ।

    त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरुसँगको समन्वयमा निफ्राको अगुवाइमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ। पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्नेछ। यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगटनेछ। स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।

    यसै कार्यका लागि मार्केट स्टडीसम्बन्धी कार्य गर्न निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेड ९जेएलएल०सँग सम्झौता गरेको छ। उक्त कम्पनीले सो कार्य अबको आठ हप्ताभित्र समपन्न गरी प्रतिवेदन पेस गर्ने तय भएको छ। उक्त कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमईसीका सलिम जहाँ फहिमले र पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय लामाले यस कार्यमा हरसम्भव प्रयास र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट