logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    3.2K
    SHARES
    कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीकै गोदावरी नगरपालिका–५ का ३१ वर्षीय दलबहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।



    घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरी चौकी कैलाली गाउँले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट