logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • जेनजी घटना: काठमाण्डौ प्रहरीले पक्राउ गर्‍यो ३५० व्यक्ति

    जेनजी घटना: काठमाण्डौ प्रहरीले पक्राउ गर्‍यो ३५० व्यक्ति

    390
    SHARES
    जेनजी घटना: काठमाण्डौ प्रहरीले पक्राउ गर्‍यो ३५० व्यक्ति

    काठमाण्डौ । गत भदौमा २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र हत्यालगायतका घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाण्डौले ३५० जनालाई पक्राउ गरेको छ ।



    जसमा २३ गतेको घटनामा संलग्न भएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ ।

    उनीहरुसहित ३५० जनालाई पक्राउ गरिएको काठमाण्डौ प्रहरीले बताएको छ । जसमा आपराधिक उपद्रवमा सबैभन्दा बढी २०४ जना पक्राउ परेका छन् । हातहियारको कसुरमा ५१ जना पक्राउ परेका छन् । चोरीको कसुरमा १७, आपराधिक उपद्रव र चोरीमा २९, कर्तव्य ज्यानको कसुरमा १८, अभद्रमा २३, ज्यान मार्ने उद्योगमा ४, डाँका चोरीमा २ जना पक्राउ परेका छन् ।

    जसमध्ये ११६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ११ जना भने धरौटीमा रिहा भएका छन् । ११९ जना हाजिरी जमानीमा छुटेका छन् । ३ जनालाई मुद्दा नचल्ने निर्णय भएको छ । १ जनाको मुद्दा फैसला भएको छ भने ७ जना साधारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता पवनकुमार भ्टराईले बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट