logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • गृहमन्त्रीलाई फोन गरेर ओलीले सोधे- सरकारका मानिसहरुले नै किन प्रहरीलाई ढुंगामुढा गरेको ?

    गृहमन्त्रीलाई फोन गरेर ओलीले सोधे- सरकारका मानिसहरुले नै किन प्रहरीलाई ढुंगामुढा गरेको ?

    2.8K
    SHARES
    गृहमन्त्रीलाई फोन गरेर ओलीले सोधे- सरकारका मानिसहरुले नै किन प्रहरीलाई ढुंगामुढा गरेको ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकारमा रहेकाहरुले तमासा गरिरहेको टिप्पणी गरेका छन्। चन्द्रागिरि नगरपालिकामा काजी कालु पाँडेको समाधीस्थलमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    ‘सरकारवालाहरुले नै सडकमा ढुंगा हान्न पठाएका छन्। कति खर्चमा बाटा बनाइएको छ। क्रान्तिकारी सरकारमा हुनेहरुले बाटो भत्काएर ढुङ्गा निकालेर प्रहरीमाथी आक्रमण गरिरहेका छन्। नभत्काउ भन्ने कोही छैन। तोडफोड गरेका छन्,’ उनले भने,‘प्रहरी कुटाइ खाएर भागेको छ। २५ जनाले ढुङ्गा हानेको छ, डेढसय सुरक्षाकर्मी छन् तर भाग्नु परेको छ।’ उनले एकथरीले सडकमा प्रहरी पठाएर केही नगर्नु भनेको र अर्कोथरीले ढुंगामुढा गर्ने काम गरेको आरोप लगाए।

    सरकारमा गएकाहरुले नै एमसीसी पास गर्न षडयन्त्र गर्न टेबल गर्न काम गरेको उनले बताए। ‘आफू मूर्ति झै बस्ने, अरुलाई सदनमै नारा लगाउ भन्ने। टेबल गर्ने र सही गर्नेलाई सडकमा आएकाहरुले केही भनेको सुन्नुभएको छ,’ उनले भने,‘सत्तासिन गुटको दोहोरो, तेहोरो नीतिले समस्या ल्याएको छ।’ आफूले आज बिहान गृहमन्त्रीलाई फोन गरेर प्रहरीमाथी नै सरकारका मानिसहरुले किन ढुंगामुढा र आक्रमण गरेको भन्दै सोधेको ओलीले बताए।


    अर्थ चाैतारी
  • सोमबार, ९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved