काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको छ । रास्वपा निर्वाचन आयोगले बिहीबार केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएसँगै यसबारे जानकारी गराएका हो ।
अब एप मार्फत प्रवासका प्रतिनिधिहरुले मतदान गर्नेछन् । त्यसपछि मतपरिणाम घोषणा हुने समितिले जनाएको छ।
निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन असार ७ देखि चितवनमा जारी छ ।
अर्थ चाैतारी ।