logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • तमोर जलाशययुक्त आयोजना समृद्धिको ‘गेम चेन्जर’: इप्पान अध्यक्ष डाँगी

    तमोर जलाशययुक्त आयोजना समृद्धिको ‘गेम चेन्जर’: इप्पान अध्यक्ष डाँगी

    416
    SHARES
    तमोर जलाशययुक्त आयोजना समृद्धिको ‘गेम चेन्जर’: इप्पान अध्यक्ष डाँगी

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा हालै निर्वाचित मोहनकुमार डाँगी सम्मानित भएका छन्। तेह्रथुम सरोकार समाज नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष डाँगीलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेको हो।



    काठमाण्डौमा सम्पन्न इप्पानको २४औँ वार्षिक साधारण सभाले डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष डाँगीले जलविद्युत क्षेत्रमा लगानीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘इप्पान अध्यक्षको हैसियतले जलविद्युत विकासका लागि लगानीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिनेछु। कृषि र पर्यटनजस्तै जलविद्युत पनि हाम्रो देशको आर्थिक समृद्धिको मुख्य आधार हो’, उनले भने। एक जिज्ञासाको जवाफ दिँदै अध्यक्ष डाँगीले ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना कोशी प्रदेशका बासिन्दाको समृद्धिका लागि ‘गेम चेन्जर’ हुन सक्ने बताए। यस आयोजनाको विकासका लागि आफूले सक्रिय भूमिका खेल्ने उनको भनाइ थियो।

    नेपाल विद्युत प्राधिकरण (एनईए) को प्रतिवेदन अनुसार कोशी प्रदेशको पाँचथर र तेह्रथुम जिल्लाको सीमानामा पर्ने लुबुवाघाटमा २१० मिटर अग्लो बाँध निर्माण गरी यो आयोजना अघि बढाइनेछ। सामाजिक, वातावरणीय र भौगोलिक अध्ययनले यो उच्च बाँध परियोजना सम्भव देखाएको छ। अध्यक्ष डाँगीका अनुसार करिब १ खर्ब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको निर्माण गर्दा तमोर करिडोरको १८ किलोमिटर क्षेत्र डुबानमा पर्नेछ भने हाल सञ्चालनमा रहेका हेवाखोला र काबेली जलविद्युत आयोजना प्रभावित हुनेछन्।

    सरोकार समाजका अध्यक्ष डिल्लीराम ढुङ्गेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजका सल्लाहकार जयराज सिटौला, वरिष्ठ उपाध्यक्ष हरिपतिलाल श्रेष्ठ, उपाध्यक्ष चिरञ्जीवी खतिवडा, उप-महासचिव वीरेन्द्र कुरुम्बाङ, सचिव कुलचन्द फोम्बो, कोषाध्यक्ष कृष्ण गड्तौला, सह-कोषाध्यक्ष विष्णु खनाल, सदस्यहरू विपिन दाहाल, छविलाल सुवेदी, मनोज भट्टराई लगायतको उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट