logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

    मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

    364
    SHARES
    मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

    काठमाण्डौ । मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले असार ३२ गते बोलाएको आर्थिक वर्ष २०८१/८२ को साधारणसभामा एफपीओ पश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गर्न लागेको हो।



    कम्पनीले ११ लाख ४९ हजार ९ सय ८२ दशमलव ५९८ कित्ता एफपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले सो एफपीओ पश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले उपयुक्त संस्थासँग मर्जर गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लैजाने तयारी गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट