logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेप्सेमा गिरावट कायमै, कारोबार रकम पनि घट्यो

    नेप्सेमा गिरावट कायमै, कारोबार रकम पनि घट्यो

    104
    SHARES
    नेप्सेमा गिरावट कायमै, कारोबार रकम पनि घट्यो

    काठमाण्डौ । नेप्सेमा लगातार गिरावट आएको छ । हिजो पनि दोहोरो अंकले घटेको बजार आज पनि घटेरै बन्द भएको हो । आज नेप्से परिसूचक ८ दशमलव ५० अंकले घटेर २,६५१ को विन्दुमा कायम भउको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३३८ कम्पनीको ६४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । आज सबैभनदा धेरै सोपान फर्मास्युटिकल्को शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ८ लाख रुपैयाँ शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले १२ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै भुजुङ हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशलमव ०३ प्रतिशतका दरले गुमाएका हुन् । आज बजारमा २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोपान फर्मास्युटिकल्सको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    सोपान फर्मास्युटिकल्सः १२ करोड ७६ लाख रुपैयाँ
    रिलायन्स स्पिनिङ मिल्सः १२ करोड १ लाख रुपैयाँ
    आँखुखोला जलविद्युतः १० करोड ३४ लाख रुपैयाँ
    सप्तकोशी डेभलपमेन्ट बैंकः ९ करोड ७९ लाख रुपैयाँ
    नेपाल एसबीआई बैंकः ८ करोड १४ लाख रुपैयाँ
    एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ३२ लाख रुपैयाँ
    एभरेष्ट बैंकः ७ करोड १५ लाख रुपैयाँ
    अपी पावरः ६ करोड ६७ लाख रुपैयाँ
    सेन्ट्रल फाइनान्सः ५ करोड ९६ लाख रुपैयाँ
    सहास ऊर्जाः ५ करोड ८४ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट