काठमाण्डौ । कुमारी बैंक लिमिटेड र टंगालस्थित नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवाहरूमा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले यो सहकार्य गरिएको बैंकले जनाएको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले यसअघि पनि देश तथा विदेशका स्थापित स्वास्थ्य संस्थाहरूसँग यस्तै प्रकृतिका सम्झौताहरू गर्दै आएको छ । बैंकले भारतका मेदांता, इन्द्रप्रस्थ एपोलो लगायतका प्रतिष्ठित अस्पतालहरूसँग पनि आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिसकेको छ ।
बदलिँदो समयसँगै सेवामा निरन्तर सुधार र सुविधा विस्तार गर्दै आगामी दिनमा अझ व्यापक र सुलभ सेवा सुनिश्चित गर्ने बैंकले प्रतिबद्धता जनाएको छ । हाल कुमारी बैंकले देशभर रहेका २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ एकाइहरू मार्फत सेवा दिँदै आएको छ ।
अर्थ चाैतारी ।