logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

    जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

    390
    SHARES
    जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

    काठमाण्डौ । जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् । जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप रेसियो पारित गरेको हो।



    सम्झौता अनुसार जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्न लागेको हो । सो को लागि जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) क्रमश: १:१:०.८१ रहेको छ ।

    यो भनेको मर्जरपछि बन्ने कम्पनीमा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताको शेयर संख्या घटबबढ हुने छैन । तर मानुषी लघुवित्तका लगानीकर्ताले भने आफुसँग भएको शेयरको ८१ प्रतिशत मात्र शेयर पाउने छन्। अर्थात् मानुषी लघुवित्तमा १०० कित्ता शेयर हुने लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीमा ८१ कित्ता मात्र शेयर पाउने छन् ।

    जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ। त्यस्तै मानुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको छ ।

    हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ भने युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ। त्यस्तै मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ । मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

    सुरुमा गत चैत्र १४ गते जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । पछि चैत्र २८ गते सोहि मर्जरमा मानुषी लघुवित्त पनि मर्ज हुने गरि त्रिपक्षिय सम्झौता भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट