logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • लघु निर्जीवन बीमकको व्यापार रु. १.१९ अर्ब माथि, कसको कति ?

    लघु निर्जीवन बीमकको व्यापार रु. १.१९ अर्ब माथि, कसको कति ?

    455
    SHARES
    लघु निर्जीवन बीमकको व्यापार रु. १.१९ अर्ब माथि, कसको कति ?

    काठमाण्डौ । लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ)सम्म १ अर्ब १९ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।



    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब १९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म कम्पनीहरुले ४ लाख ५५ हजार ६१२ वटा बीमालेख जारी गरेका छन्।

    समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख ३१ हजार ४२४ वटा बीमालेख जारी गर्दै ३४ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीले जेठसम्म १ लाख १० हजार ६४ वटा बीमालेख जारी गर्दै २९ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

    जेठसम्म स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २५ हजार ९६५ वटा बीमालेख जारी गर्दै २८ करोड ५३ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ८८ हजार १५९ वटा बीमालेख जारी गर्दै २७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

     


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट