logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • ३५औँ वर्षमा नेशनल लाइफ, जीवन बीमा कोषमा जम्मा भयो ५० अर्ब

    ३५औँ वर्षमा नेशनल लाइफ, जीवन बीमा कोषमा जम्मा भयो ५० अर्ब

    4.4K
    SHARES
    ३५औँ वर्षमा नेशनल लाइफ, जीवन बीमा कोषमा जम्मा भयो ५० अर्ब

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३४औँ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३५औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ।



    कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो। देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको कम्पनीको भनाइ छ। यसैगरी कर्मचारीहरुमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ। कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन ।

    नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ। यही आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ। कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ। कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ।

    कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ। कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म दिएको कम्पनीको भनाइ छ। कम्पनीले चालू वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट